update README

This commit is contained in:
2025-09-10 10:47:02 +08:00
parent 5088f0b50a
commit ff78032400
603 changed files with 21 additions and 23 deletions

View File

@@ -0,0 +1,4 @@
इन्द्रेणी वा इन्द्रधनुष प्रकाश र रंगबाट उत्पन्न भएको यस्तो घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ। जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन र डिस्पर्सन गर्दछ। फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृताकार प्रकाशीय आकृति उत्पन्न हुन्छ। यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ। इन्द्रेणी देखिनुको कारण वायुमण्डलमा पानीका कणहरु हुनु नै हो। वर्षा, झरनाबाट उछिट्टिएको पानी, शीत, कुहिरो आदिको इन्द्रेणी देखिने प्रक्रियामा महत्त्वपूर्ण भूमिका हुन्छ। इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा रातो रंग र अर्को छेउमा बैजनी रंग देखिन्छ। इन्द्रेणी पूर्ण वृत्ताकार समेत हुन सक्ने भए पनि साधरण अवलोकनकर्ताले जमिन माथि बनेको आधा भाग मात्र देख्न सकिन्छ ।
इन्द्रेणी देखिनुको कारण वायुमण्डलमा पानीका कणहरु हुनु नै हो। वर्षा, झरनाबाट उछिट्टिएको पानी, शीत, कुहिरो आदिको इन्द्रेणी देखिने प्रक्रियामा महत्त्वपूर्ण भूमिका हुन्छ।
इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा रातो रंग र अर्को छेउमा बैजनी रंग देखिन्छ।
इन्द्रेणी पूर्ण वृत्ताकार समेत हुन सक्ने भए पनि साधरण अवलोकनकर्ताले जमिन माथि बनेको आधा भाग मात्र देख्न सकिन्छ ।